Section 31
कोषको स्थापना र सञ्चालन
(१) वातावरणको संरक्षण, प्रदूषणको रोकथाम तथा नियन्त्रण, जलवायु परिवर्तन व्यवस्थापन, राष्ट्रिय सम्पदाको संरक्षणका लागि वातावरण संरक्षण कोष नामको एउटा कोष रहनेछ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहने छन्ः-
(क) नेपाल सरकार प्रदेश सरकार वा स्थानीय तहबाट प्राप रकम
(ख) स्वदेशी व्यक्ति वा सङ्घ संस्थाबाट प्राप्त रकम,
(ग) विदेशी सरकार वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट प्राप्त रकम ।
(३) उपदफा (२) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नुअघि नेपाल सरकार अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।
(४) कोषको लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ।
(५) कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ।